नेभिगेशन
समाज

प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Marvel
Extreme Energy

त्यस्तै, सभापति लामिछानेले पनि शुक्रबारै राष्ट्रपति पौडेलसँग भेट गरेका छन्। लामिछानेको सचिवालयका अनुसार भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। लामिछानेले बिहीबार प्रधानमन्त्री शाहसँग पाँच घण्टा लामो वार्ता गरेका थिए। प्रधानमन्त्री र रास्वपा सभापतिले एकै दिन राष्ट्रपतिसँग गरेको भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा चासोका साथ हेरिएको छ।

WhatsApp-Image-2026-11-27-at-15.20.21-(2)-1795772627.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

बालेनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
होल्डिङ सेन्टरबाट निस्कन भनिएकाले कहिले पाउँछन् जग्गा ?

होल्डिङ सेन्टरबाट निस्कन भनिएकाले कहिले पाउँछन् जग्गा ?

५ परिवारले जग्गा पाउने निस्सा प्राप्त गरिसकेका छन् । उनीहरुले लिएको निस्सा भने जग्गा पाउने सुनिश्चिता हो । ‘५ परिवारले जग्गा पाउने निस्सा पाउने निस्सा लिइसकेका छन्, उनीहरुले...