नेभिगेशन
समाज

मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

काठमाडौं। नेकपा (एमाले)की सचिव पदमा अर्यालले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार ललितपुरमा आयोजित निर्वाचन आयोगको मध्यावधि समिक्षासम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन मनी, मसल र मिडियाको प्रभावमा परेर निष्पक्ष नहुँदा पनि निर्वाचन आयोगले त्यस्ता समस्या निराकरण गर्न नसकेको समेत बताइन्।

Marvel
Extreme Energy

उनले आफ्नो निर्वाचन क्षेत्रबाट सयमा ९९ प्रतिशत मत खसेको झुटो विवरणलाई समेत सदर गरेर निर्वाचन आयोगले आफूलाई न्याय नदिएको गुनासो गरिन्।

आफ्नो निर्वाचन क्षेत्रमा आजसम्म ९९ प्रतिशत सक्कली मत नखसेको प्रमाण आफूसँग अझै पनि सुरक्षित रहेको उनको भनाइ थियो। 

उनले विभिन्न तथ्य र प्रमाणहरूले धाँधली, बुथ कब्जा जस्ता कार्यलाई रोक्न नसकेको समेत बताइन्।

सचिव अर्यालले विदेश रहेका नेपाली नागरिकलाई र अन्तर जिल्लामा पनि मतदान गर्ने व्यवस्था गर्ने कुरा अव्यावहारिक हुने बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ।
करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तयार गरिएको बताएकी छन्।
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा भएको छ।
धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका–१ र २ का मुसहर बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्।