नेभिगेशन
समाज

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तयार गरिएको बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई समेत कोषमा समेट्ने तयारी भएको बताइन्। उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन स्थानीय तहसँग सहकार्य भइरहेको जानकारी दिइन्।

Marvel
Extreme Energy

चालु आर्थिक वर्षको सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करारका कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गर्ने नीतिगत आधार तयार गरिएको उनको भनाइ थियो। अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत राज्यको सामाजिक सुरक्षामा समेट्न स्थानीय तहसहित उनीहरूका लागि आवश्यक योगदानको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताइन्।

मन्त्री बादीले सामाजिक सुरक्षा कोषको प्रभावकारी परिचालनमा पनि सरकार सक्रिय रहेको बताइन्। कार्यक्रममा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णबहादुर राउतले कोषको योजनाबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा भएको छ।
धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका–१ र २ का मुसहर बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्।
प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।