नेभिगेशन
समाज

तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको तिहार तथा छठ पर्वयताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट विभिन्न काम अघि बढाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन विवरणमा यस अवधिमा प्रधानमन्त्री शाहले भारतको दुईदिने राजकीय भ्रमण गरेको उल्लेख छ। मंसिर ६ र ७ गते भएको उक्त भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न सहकार्यका विषयमा छलफल भएको पनि उल्लेख छ।

Marvel
Extreme Energy

यस अवधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरिएको छ। बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ।

त्यस्तै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ।

सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट सुझाव लिएर परिमार्जन प्रक्रिया अघि बढाइएको छ। नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारीसमेत भइरहेको छ।

सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ।

साइबर सुरक्षातर्फ राष्ट्रिय साइबर सुरक्षा केन्द्रले राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ। कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाका विषयमा छलफल भएको थियो।

यसै अवधिमा सिंहदरबार प्रवेशद्वारको लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।

पूर्वाधार तथा लगानीका क्षेत्रमा लगानी सम्मेलन २०१९ मा सोकेस गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेको उक्त परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श दिएको छ। सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गरिएको छ।

सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ। त्यस्तै, नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।

सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ।

सरकारी सेवाप्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीको आचारसंहिता पालना, सेवाप्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली खटाइएको छ। यस क्रममा सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

त्यस्तै, नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण तथा व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रफलमा अनुगमन गरिएको छ। ट्रष्टको सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

नेकपा (एमाले)की सचिव पदमा अर्यालले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्।
ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ।
करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तयार गरिएको बताएकी छन्।
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा भएको छ।