नेभिगेशन
समाज

एलपी ग्यास आपूर्ति बढ्यो, एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति बढाउन सरकारले गरेको पहलपछि एकै दिन १६१ बुलेट ग्यास लोडिङ भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट ग्यास लोडिङ हुँदै आएकोमा नोभेम्बर २६ मा १६१ बुलेट लोडिङ भएको हो।

Marvel
Extreme Energy

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निर्देशनपछि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) सँग समन्वय गरी ग्यास लोडिङ बढाउन अनुरोध गरेको थियो। मन्त्रीले दैनिक १६० बुलेटसम्म ग्यास लोडिङको व्यवस्था मिलाउन निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए।

सामान्य दैनिक लोडिङको तुलनामा ४१ देखि ५१ बुलेटसम्म बढी ग्यास लोडिङ भएको निगमले जनाएको छ।

निगमका अनुसार लोडिङ बढेसँगै बजारमा ग्यास आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ। हाल बजारमा ग्यासको बिक्रीवितरण नियमित रहेको र उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन प्रयास भइरहेको निगमको भनाइ छ।

सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी तथा वितरण प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गरिरहेको जनाएको छ।

आपूर्ति बढे पनि त्यसअनुसार बजारसम्म ग्यासको नियमित वितरण सुनिश्चित गर्नु चुनौतीपूर्ण हुने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना बिचौलिया पक्राउ

जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना बिचौलिया पक्राउ

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी

इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

२०६८ जेठ ३१ गते। सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल शिलान्यास गरिएको थियो।
तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको तिहार तथा छठ पर्वयताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट विभिन्न काम अघि बढाइएको छ।