नेभिगेशन
समाज

इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सापकोटाकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा उजुरी दिएको आयोग स्रोतले सिधाकुरालाई जानकारी दियो।

Marvel
Extreme Energy

'उहाँको परिवारका तर्फबाट इनम सापकोटाको जीवन रक्षा र मानव अधिकारको रक्षाको माग गर्दै निवेदन परेको छ,' आयोग स्रोतले सिधाकुरासँग भन्यो।

आयोगका अनुसार उजुरी प्राप्त भएपछि दर्तासमेत भइसकेको छ।

सापकोटा नेपालमा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलियाको भूमिका खेलेको आरोपमा अनुसन्धानमा छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँच गर्ने क्रममा अदालतका मुद्दा मिलाइदिने र प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देश फेला परेको भनिएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

२०६८ जेठ ३१ गते। सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल शिलान्यास गरिएको थियो।
तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको तिहार तथा छठ पर्वयताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट विभिन्न काम अघि बढाइएको छ।
मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

नेकपा (एमाले)की सचिव पदमा अर्यालले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्।
ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ।