नेभिगेशन
समाज

हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

‘चाहे जीवनभर हारौँ, कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ ।’

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई चुनावी मतसँग जोडेर नहेर्ने बताएका छन्। उनले कर्णालीले रास्वपालाई मत नदिए पनि प्रदेशको विकास पार्टीको प्राथमिकतामा रहने स्पष्ट पारे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले भने, “हाम्रा उम्मेदवारलाई जिताउनु वा नजिताउनुको कर्णालीको विकाससँग कुनै साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ। चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।”

Marvel
Extreme Energy

उनले रास्वपा कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी गर्न नआएको बताए । “हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा उम्मेदवारलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौँ,” लामिछानेले भने।

राजनीति चुनाव जित्नका लागि मात्र नभएको उनको भनाइ थियो। चुनाव राजनीतिभित्रको निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै उनले भने, “राजनीति चुनावका लागि गर्ने विषय होइन। चुनाव मात्रै राजनीति होइन, राजनीतिभित्र चुनाव एउटा निरन्तरको प्रक्रिया हो। चुनाव मात्रै राजनीति हो भन्ने कुरामा रास्वपा विश्वास गर्दैन।”

लामिछानेले कर्णालीमा रास्वपाको संगठनात्मक उपस्थिति र राजनीतिक प्रतिनिधित्व कमजोर रहेको स्वीकारसमेत गरे। उनले कर्णालीका दुर्गम क्षेत्रसम्म पार्टीको आवाज पुर्‍याउन नसकिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको...
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले आयोजनास्थलमा...
भूमि व्यवस्था मन्त्री रावल सिराहामा, स्थानीय प्रशासनका अधिकारीसँग छलफल गर्दै

भूमि व्यवस्था मन्त्री रावल सिराहामा, स्थानीय प्रशासनका अधिकारीसँग छलफल गर्दै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सिरहा पुगेकी छन्।

भर्खरै