नेभिगेशन
समाज

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे । 

Marvel
Extreme Energy

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए । उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए । 

त्यसअवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए । 

त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो ।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे । उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले भने, “हाम्रा उम्मेदवारलाई जिताउनु वा नजिताउनुको कर्णालीको विकाससँग कुनै साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ। चाहे जीवनभर हारौँ,...
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको...
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले आयोजनास्थलमा...

भर्खरै