नेभिगेशन
समाज

बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्र्तक्रिया नगर्ने बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् । उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेन शाहको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे ।

Marvel
Extreme Energy

उनले भने, ‘रवि लामिछानेको अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वीको अभिव्यक्ति हो कि बालेन शाहको मौनता हाम्रो प्रतिद्वन्द्वी हो ? रवि लामिछानेको अभिव्यक्ति खास हो भने तयारी गरौँला, उसको मौनता अर्कै छ । के छ ? के छ ? यो जासुसी उपन्यासका पात्रहरु जस्तो छ ।  अदृश्य छ । न देख्न सकिन्छ, न बोल्छ । न अन्र्तक्रिया गर्छ ।  न प्रकट हुन्छ  । के गर्छ  ।’

भट्टराईले विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा यस्तै सम्झौता गर्दा विरोध हुने गरेको तर बालेन शाहको भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेकोप्रति आशंका व्यक्त गरे । उनले अदृश्य टुनामुना तन्त्रमन्त्र धेरै दिन नटिक्ने तर्क गरे । 

भारत भ्रमणको प्रसंग निकाल्दै उनले भने, ‘यस्तै खालको भ्रमण, यस्तै खालको डकुमेन्ट केपी ओलीले, प्रचण्डले वा शेरबहादुर जीले गरेको भए यहाँ उहाँहरु पुत्ला जलाइन्थ्यो । आज बालेनजी भ्रमण गरेर आउनुभयो, भयंकर नेपाल भारत सम्बन्धमा डिपार्चर गर्नुभयो, एकदमै सिफ्ट गर्नुभयो भनेर बुद्धिजिवीहरु पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ । यी नै बुद्धिजिवीहरु अघि मैले भनेका तीन जना नेताले भ्रमण गरेर आएको भए कालोमसो दल्न पर्छ भन्थे । त्यसकारण यो अदृश्य छ । टुनामुना गरिरहेका छन् । तन्त्र लगाइराखेका छन् । तर सधैँ यस्तो टुनामुना त चल्दैन नि त । टुनामुना चल्दैन, नक्कली जोगिहरुले एकदिन ठग्छ, दुई दिन ठग्छ के हामीलाई । तर तेस्रो दिन ठग्न सक्दैन ।’ 

भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्न सर्वोच्चका बाहालवाला न्यायधीशको संयोजकत्वमा न्यायीक आयोग बनाएर छानबिन गर्नुपर्ने धारणा राखे । 

उनले आगामी स्थानीय चुनावमा गुटबन्दीभन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहकै सिफारिसका आधारमा उम्मेदवार छान्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएकाले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन्...
गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए ।
हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले भने, “हाम्रा उम्मेदवारलाई जिताउनु वा नजिताउनुको कर्णालीको विकाससँग कुनै साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ। चाहे जीवनभर हारौँ,...
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको...

भर्खरै