नेभिगेशन
समाज

काठमाडौँमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

काठमाडौँ । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्रीवितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टुकुचाबाट आठ जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउपर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोटका ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ का २६ वर्षीय सनम तामाङ र सोही ठाउँका ३२ वर्षीय राजु लामा रहेका छन् ।

Marvel
Extreme Energy

त्यसैगरी, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ का २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–२८ स्थित टुकुचाको खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले करिब ५६७ किलो मासु बरामद गरेको छ । उक्त मासु बा ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । 

पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम गाँठोः कस्सिँदै कि खुस्किँदै ?  किन जेलिँदैछ अनुसन्धान ?

इनम गाँठोः कस्सिँदै कि खुस्किँदै ?  किन जेलिँदैछ अनुसन्धान ?

अनुसन्धानमा इनमसँगको कनेक्सन पाइएको भन्दै प्रहरीले लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट र कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ परेका छन् । प्रहरीले इनमसँगै जोडेर उनीहरुविरुद्ध पनि...
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको...
बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्र्तक्रिया नगर्ने बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् ।...
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएकाले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन्...

भर्खरै