नेभिगेशन
समाज

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

दमौली (तनहुँ) । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिले चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल बनाउन लागिएको हो ।

Marvel
Extreme Energy

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठका घर निर्माण गर्न थालिएको बताए । राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार पारेको डिजाइनअनुसार आयोजना क्षेत्रमा तीनवटा आवास बनाइने उनले जानकारी दिए ।

उनका अनुसार निर्माण कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर वैकल्पिक आश्रयस्थल बनाउन लागिएको हो । आवास निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रमा चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास राखिनेछन् ।

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ । निर्माण गतिविधिले प्राकृतिक बासस्थानमा पार्न सक्ने असर न्यूनीकरण गर्दै स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउनु कार्यक्रमको उद्देश्य रहेको भण्डारीले बताए ।

वैकल्पिक आवास निर्माणले चमेराको बासस्थान संरक्षण र आश्रयस्थलको उपलब्धता बढाउनुका साथै आयोजनाका गतिविधिबाट वन्यजन्तुमा पर्न सक्ने सम्भावित प्रभाव कम गर्ने अपेक्षा गरिएको छ ।

ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाबाट १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रम पनि अघि बढाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै फर्किएर आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्।
यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।
पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

हिमालको पृष्ठभूमिमा खेतमा गोरु नारेर धान चुटिँदै थियो। कोही परालबाट धानका बाला छुट्याउन व्यस्त थिए भने कोही गुन्द्री बुन्न पराल छान्दै थिए। खेतका कान्लामा बसेर नेपालीको परम्परागत कृषि...