नेभिगेशन
समाज

आज पनि स्थिर रह्यो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर हिजोकै कायम गरेको छ। अमेरिकी डलरसहित सबै प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदरमा कुनै परिवर्तन भएको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा रहेको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ दुई पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

त्यसैगरी, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ चार पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।
पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

हिमालको पृष्ठभूमिमा खेतमा गोरु नारेर धान चुटिँदै थियो। कोही परालबाट धानका बाला छुट्याउन व्यस्त थिए भने कोही गुन्द्री बुन्न पराल छान्दै थिए। खेतका कान्लामा बसेर नेपालीको परम्परागत कृषि...
डिपिआर बनेको चार वर्ष बित्दा पनि बनेनन् कोरला नाकाका पूर्वाधार

डिपिआर बनेको चार वर्ष बित्दा पनि बनेनन् कोरला नाकाका पूर्वाधार

नेपाल–चीन उत्तरी कोरलानाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माणको काम सुरु हुन सकेको छैन।