नेभिगेशन
समाज

स्थानीय तह निर्वाचनका लागि रास्वपाले सुरु गर्‍यो उम्मेदवार छनोट प्रक्रिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘क्यान्डिडेट क्लब समिति’ विस्तार गर्दै औपचारिक गृहकार्य सुरु गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको क्यान्डिडेट क्लब उपसमितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा समितिमा पाँच जना सदस्यहरू मनोनित (सम्बद्ध) गरिएका हुन्। विस्तारित समितिमा बुर्लाकोटी संयोजक रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल चयन भएका छन्।

Marvel
Extreme Energy

उपसमितिले पूर्णता पाएलगत्तै बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा योग्य तथा सक्षम उम्मेदवार छनोट गर्न विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गर्दै कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको छ। बैठकले विशेष गरी तीनवटा मुख्य विषयमा केन्द्रित रहेर निर्णय प्रक्रिया थालेको हो।

जसअनुसार पहिलो चरणमा उम्मेदवारका आकांक्षी तथा आवेदकहरूबाट आवश्यक विवरण र कागजात संकलन गर्ने स्पष्ट विधि र प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल भएको छ।

त्यसैगरी, राजनीति बाहिरका विभिन्न क्षेत्रका योग्य, विज्ञ तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ‘ल्याटेरल इन्ट्री’ सम्बन्धी आवेदन फारम तयार गर्ने विषयमा पनि समितिले गृहकार्य थालेको छ।

यस्तै, समग्र उम्मेदवार छनोट प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन ‘दाबी–विरोध’ सम्बन्धी फारम तथा कार्यविधि तयार गर्ने विषयमा बैठकमा गहन छलफल भएको संयोजक बुर्लाकोटीले बताए । 

उनकाअनुसार आन्तरिक लोकतन्त्र र योग्यता प्रणाली (मेरिटोक्रेसी) लाई प्राथमिकता दिँदै रास्वपाले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीस्वरूप उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया निर्माणलाई तीव्रता दिएको हो।

रास्वपाले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति बनाएर तयारी थालेको छ।

समितिअन्तर्गत क्यान्डिडेट क्लब कविन्द्र बुर्लाकोटी, प्रविधि सुशान्त वैदिक, गुनासो समन्वय जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिता डा. तोशिमा कार्की, क्षमता विकास समन्वय टासी ल्हाजोम, व्यवस्थापन रहबर अन्सारी र प्रचारप्रसार मिलन लिम्बूले हेर्नेगरी सातवटा उपसमिति गठन गरिएको छ। उपसमितिहरुले धमाधम काम अगाडि बढाएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा रास्वपा प्रशिक्षण: सभापति लामिछानेको विशेष सम्बोधनसँगै आज समापन हुँदै

कर्णालीमा रास्वपा प्रशिक्षण: सभापति लामिछानेको विशेष सम्बोधनसँगै आज समापन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको दोस्रो तथा अन्तिम दिन आज (आइतबार) निर्वाचन रणनीति, नीति तथा वाचापत्र कार्यान्वयन, ब्रान्डिङ तथा प्रचार प्रसार र पार्टी सभापतिको...
‘हामी तयार छौँ' अभियानबारे आज केन्द्रीय प्रतिनिधिलाई ब्रिफिङ गर्दै कांग्रेस

‘हामी तयार छौँ' अभियानबारे आज केन्द्रीय प्रतिनिधिलाई ब्रिफिङ गर्दै कांग्रेस

नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ ।
सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीयसँग माग्यो सहयोग

सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीयसँग माग्यो सहयोग

नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीय नागरिक तथा जनप्रतिनिधिसँग छलफल गरेको छ।
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै फर्किएर आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्।