नेभिगेशन
समाज

कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक प्रशिक्षणको समापन सत्रमा उनले कानुन व्यवसायीको योग्यता, क्षमता र नैतिकतामाथि प्रश्न नउठ्ने गरी कार्यसम्पादन गर्नुपर्ने बताए ।

Marvel
Extreme Energy

“नेपाल कानुन व्यवसायी परिषद्को उद्देश्य नै सक्षम कानुन व्यवसायी र मर्यादित कानुन व्यवसाय बनाउनु हो”, महान्यायाधिवक्ता डा कँडेलले भने, “यो प्रशिक्षक प्रशिक्षण तालिम पनि सोही उद्देश्य हासिल गर्नका लागि आयोजना गरिएको हो ।”

उनले तालिममा प्रशिक्षित कानुन व्यवसायीले जिल्लामा अन्य कानुन व्यवसायीलाई थप सक्षम बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । कानुन व्यवसायीले कानुन र न्यायको ज्ञानमात्र आर्जन गरेर नहुने भन्दै उनले सामाजिक, राजनीतिक क्षेत्र, प्रविधि आदिमा आएको परिवर्तनसँग अनुकूलन र अभ्यस्त हुनुपर्नेे बताए ।

तालिममा सहभागी कानुन व्यवसायीलाई नेपाल कानुन व्यवसायी परिषद्का अध्यक्षसमेत रहेका महान्यायाधिवक्ता कँडेलले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका कानुन व्यवसायीहरू सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी  गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

भर्खरै