नेभिगेशन
समाज

बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीसहित मन्त्री श्रेष्ठले म्याग्दीको बेनी, गलेश्वर र पर्वतको जलजलामा गत असोज दोस्रो साता कालीगण्डकीमा आएको बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गरेका हुन् ।

Marvel
Extreme Energy

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जामा सडक, सिँचाइ, खानेपानी, विद्युत्, तटबन्ध, सार्वजनिक भवन तथा निजी आवासमा ठूलो क्षति पुर्‍याएको थियो ।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक योजना बनाउन, सरोकारवालाका सुझाव लिन तथा प्रभावितसँग भेटघाट र छलफल गर्न स्थलगत निरीक्षणमा आएको मन्त्री श्रेष्ठले बताए ।

यस वर्ष भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनले उल्लेख गरे । भइरहेका कामको निरीक्षण र आवश्यक योजनाको पहिचान गरी प्राथमिकता निर्धारण गर्न स्थलगत निरीक्षण गरिएको उनको भनाइ थियो ।

बेनी नगरपालिका–८ गणेशटोल पछाडिको क्षेत्रमा कालीगण्डकीको कटानबाट भत्किएको करिब एक सय मिटर पक्की पर्खाल पुनर्निर्माण गर्न तथा बेनी नगरपालिका–२ भसभसे, सिङ्गा, तातोपानी कुण्ड, गलेश्वर, कालीपुल र मङ्गलाघाट क्षेत्रमा तत्काल नदी नियन्त्रणको काम अघि बढाउन नगरप्रमुख सुरत केसीले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।

त्यसैगरी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कालीगण्डकीको बाढीले बस्ती नै बगाएको फर्से क्षेत्रमा नदी नियन्त्रण, विस्थापितको पुन:स्थापना र कालीगण्डकीमा पुल निर्माणका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।

मन्त्री श्रेष्ठले बेनी क्षेत्रमा नदी नियन्त्रणको काम अघि बढाउन बजेटको स्रोत सुनिश्चितता गरिसकिएको जानकारी दिए । कालीगण्डकी बेसिनका जोखिमयुक्त तथा क्षतिग्रस्त बस्तीको संरक्षणका लागि बेनीमा कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत योजना सञ्चालन गरिने उनले बताए ।

बाढीबाट अकल्पनीय क्षति भएकाले बस्ती संरक्षण र तटबन्ध निर्माणका योजनाका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ थियो । प्रधानमन्त्री राहत कोषमा प्राप्त सहयोग रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमार्फत पुनर्निर्माणमा परिचालन गरिने उनले जानकारी दिए ।

यस वर्षको विपद्ले जलवायु अनुकूल पूर्वाधार निर्माणलाई विकासको अनिवार्य सर्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले विद्युत् नियमन आयोगले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका संरचनालाई सुरक्षित बनाउने विषयमा अध्ययन गरेको बताए ।

भोटेकोशीको बाढीबाट ऊर्जा क्षेत्रसँगै मानवीय जनशक्तिमा समेत ठूलो क्षति भएको उनले उल्लेख गरे । यस्ता विपद्को सामना गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग मागिएको जानकारी दिँदै उनले विकास संरचना निर्माण गर्नुमात्र पर्याप्त नहुने, त्यसको सुरक्षा, दिगोपना र नागरिकको जीवनको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ ।
कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी  गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

भर्खरै