नेभिगेशन
समाज

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइन खोला खण्डमा पहिरो रोकथामको काम अगाडि बढाउने क्रममा उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएको हो।   

Marvel
Extreme Energy

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनाअनुसार आज मंसिर १३ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। 

विगतमा केही समय कार्य सुचारु भई स्थगित भएको पहिरो रोकथामको कामलाई पुनः अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।   

यद्यपि, यस निर्णयअन्तर्गत काठमाडौँदेखि मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा खण्डमा चल्ने सवारीसाधनहरूको आवागमन भने सुचारु नै रहने स्पष्ट पारिएको छ। प्रशासनले सोही सूचनाबमोजिम आफ्नो यात्राको योजना बनाउन सर्वसाधारण तथा यात्रुहरूमा अनुरोध गरेको छ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।
इजरायलमा सरकार गठनको रस्साकस्सी: नेतन्याहूको आलोपालो प्रस्ताव, आज निर्णायक वार्ता हुँदै

इजरायलमा सरकार गठनको रस्साकस्सी: नेतन्याहूको आलोपालो प्रस्ताव, आज निर्णायक वार्ता हुँदै

इजरायलमा नयाँ सरकार गठनलाई लिएर जारी राजनीतिक रस्साकस्सी निर्णायक मोडमा पुगेको छ।
बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ ।