नेभिगेशन
समाज

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

बागलुङ । सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन थालेको छ । गाउँमा उत्पादित दूधको खपत कम भएपछि स्थानीय किसानले सहकारीमार्फत दूध सङ्कलन गरी पोखरास्थित डेरी उद्योगमा बिक्री गर्दै आएका छन् ।

Marvel
Extreme Energy

जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ जना किसानबाट दैनिक करिब २३० लिटर दूध सङ्कलन गरी पोखरास्थित सुजल डेरीमा पठाउँदै आएको छ । विसं २०७६ मा स्थापना भएको सहकारीले दूधको बजारीकरण गर्दै किसानलाई पशुपालनमा निरन्तरता दिन सहयोग पुर्याएको छ । 

दूध गाउँमै पर्याप्त खपत नहुने र चाडपर्वका समयमा मात्रै माग बढ्ने भएपछि सहकारीले दूधको सङ्कलन तथा बजारीकरणको व्यवस्था मिलाएको हो । यसअघि बजारको अभावमा किसानलाई उत्पादित दूध बिक्री गर्न समस्या हुने गरेको थियो । सहकारीमार्फत नियमित रूपमा दूध बिक्री हुन थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।

सहकारीका व्यवस्थापक कृष्णप्रसाद आचार्यका अनुसार ३५ जना शेयर सदस्य किसानबाट दैनिक दूध सङ्कलन गरेर पोखरा पठाउने गरिएको छ । दूधको गुणस्तर र ‘फ्याट’का आधारमा किसानलाई मासिक भुक्तानी दिने व्यवस्था मिलाइएको उनले बताए ।

व्यवस्थापक आचार्यले भने, “किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुन्छ । चिलिङ भ्याटमा राखिएको दूध २४ घण्टासम्म सुरक्षित रहन्छ । त्यसअघि नै सुजल डेरीको ट्याङ्कर आएर दूध लैजान्छ ।” 

स्थानीय बजारमा दूध प्रतिलिटर रु ११० सम्म बिक्री हुने गरे पनि पोखरा पठाउँदा औसतमा प्रतिलिटर रु ७० मात्रै मूल्य प्राप्त हुने गरेको उनले बताए । बजारको सुनिश्चितता भए पनि ढुवानी तथा बिक्री मूल्यका कारण किसानले स्थानीय बजारको तुलनामा कम मूल्य पाउने गरेको उनको भनाइ छ । दूधको बजार सुनिश्चित भएपछि किसानलाई व्यावसायिक पशुपालनमा लाग्न सहज भएको छ ।

सहकारीले अहिलेको दूध सङ्कलन तथा बजारीकरणलाई थप व्यवस्थित बनाउन एक हजार लिटर क्षमताको चिलिङ भ्याट आवश्यक रहेको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रोत्सान पनि गर्दै आएको छ । 

सहकारीमार्फत बिक्री हुने दूधमा किसानलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराउँदै आएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

म्यानमारमा सैन्य जुन्ताले गरेको शृङ्खलाबद्ध हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ। सेनाले विवाह समारोह चलिरहेको स्थल, विद्यालय र आवासीय क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको हो।
होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

इरानी सेनाले रणनीतिक महत्त्वको जलमार्ग 'होर्मुज स्ट्रेट' र फारसको खाडीमाथि उडिरहेको एक जासुसी ड्रोनलाई खसालेको दाबी गरेको छ ।
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ।
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।