नेभिगेशन
समाज

म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

याङ्गुन । म्यानमारमा सैन्य सत्ताले गरेको शृङ्खलाबद्ध हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाले विवाह समारोह चलिरहेको स्थल, विद्यालय र आवासीय क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको हो।

Marvel
Extreme Energy

उद्धारकर्मीहरूका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाय गाउँमा आयोजित एक विवाह समारोह स्थलमा भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा परी अन्य ३५ जना घाइते भएका छन्।

त्यसैगरी, म्यानमारको निर्वासित ‘नेसनल युनिटी गभर्नमेन्ट’ (एनयूजी) का अनुसार बिहीबार मध्य म्यानमारको मगवे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा सेनाले हवाई हमला गरेको थियो। उक्त आक्रमणमा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणले ज्यान गुमाएका छन्।

यता, शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक–यू सहरको एक आवासीय क्षेत्रमा पनि सेनाले बमबारी गरेको छ। स्थानीय समाचारहरूका अनुसार रातिको समयमा गरिएको उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। आक्रमण भएको उक्त क्षेत्र सैन्य शासनविरुद्ध लडिरहेको शक्तिशाली विद्रोही समूह ‘अराकान आर्मी’ (एए) को नियन्त्रणमा रहेको छ।

यी आक्रमणहरूका सम्बन्धमा म्यानमारको सैन्य नेतृत्वको सरकारले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

सन् २०२१ को फेब्रुअरीमा पूर्वनेता आङ सान सुकीको निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमार लामो गृहयुद्धमा फसेको छ। सैन्य ‘कू’ पछि देशका विभिन्न भागमा प्रायः दैनिकजसो सैन्य हवाई आक्रमण हुँदै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाका क्रियाशील सदस्य घटे

राप्रपाका क्रियाशील सदस्य घटे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ ।
होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

इरानी सेनाले रणनीतिक महत्त्वको जलमार्ग 'होर्मुज स्ट्रेट' र फारसको खाडीमाथि उडिरहेको एक जासुसी ड्रोनलाई खसालेको दाबी गरेको छ ।
सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् ।
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ।