नेभिगेशन
समाज

भोलि कोशीबाट सुरु हुने भूतपूर्व सैनिक सम्मेलनको उद्देश्य के ?

काठमाडौँ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेकोे छ । 

Marvel
Extreme Energy

यस पटक यही मंसिर १४ देखि २५ गतेसम्म कोशी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ । 

पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ । पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नेछन् । रासस 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले २३ नोभेम्बरमा घोषणा गरेको यस अभियानमा सहभागी हुनेमध्ये हरेक दिन एक जना ग्राहकले आफ्नो त्रैमासिक वा वार्षिक सब्सक्रिप्सन शुल्कको शतप्रतिशत रकम फिर्ता पाउनेछन् ।
मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

प्रदर्शनीको अवलोकनका क्रममा वडा सदस्य शेरबहादुर कुमाल, चितवन राष्ट्रिय निकुञ्ज रेन्जर पोस्टका गौरव बोहोरा, नवनियुक्त सुरक्षा इन्चार्ज चुडामणि पौडेल, चितवन राष्ट्रिय निकुञ्जकी पार्वती बुढाथोकी तथा पहाडी जितपुर टोल...
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो ।...
यमुना घाटमा प्रवासी चराको चहलपहल

यमुना घाटमा प्रवासी चराको चहलपहल

यमुना किनारमा साइबेरियन सिगल ९ब्ल्याक हेडेड गल र पल्लास गल० तथा ब्राउन हेडेड गललगायतका प्रवासी चराहरू देखिन्छन्। यस्तै, चखेवा ९रुडी शेल्डक०, नर्दन पिनटेल, नर्दन शोभेलर र बार हेडेड...