नेभिगेशन
सबै कुरा

वैदेशिक अध्ययनका लागि ६ महिनामा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौँ । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाकोa नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

City Express

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक  प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा...
शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

नेपाल शिक्षक महासंघले  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २...
शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय...