नेभिगेशन
सबै कुरा

च्यासल खेलमैदान मर्मत गर्न दुई करोड लाग्ने, सराेकारवाला मौन

ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् । 

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने,“बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।

City Express

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सराेकारवालाहरु मौन रहेकामा उनी दुःखी छन् । खेलकुद परिषद्सँग रु १० लाख माग गरेको तर हालसम्म निर्णय नभएको उनको भनाई छ । 

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्ने बताउँछन् । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल र बंगलादेशबीच हुने खेलमा एन्फाले १० हजार टिकट बिक्रि गर्ने

नेपाल र बंगलादेशबीच हुने खेलमा एन्फाले १० हजार टिकट बिक्रि गर्ने

बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक...
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ...
साफ यु–१७ महिला च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित

साफ यु–१७ महिला च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ ।