नेभिगेशन
फुटबल

दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली सेनाको राजदल गणको खेलमैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।

Marvel
Extreme Energy

खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफ र कोशी प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलसहित फाइनल खेल जुम्लामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिएको छ।
हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरेकी छन् । तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ । ढाकाले...
नेपाल पत्रकार महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना

नेपाल पत्रकार महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पु¥याउनेमाथि कारबाही नभएको महासङ्घको...
DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले २३ नोभेम्बरमा घोषणा गरेको यस अभियानमा सहभागी हुनेमध्ये हरेक दिन एक जना ग्राहकले आफ्नो त्रैमासिक वा वार्षिक सब्सक्रिप्सन शुल्कको शतप्रतिशत रकम फिर्ता पाउनेछन् ।