नेभिगेशन
सबै कुरा

दलालको फन्दामा परेर युक्रेन पुगेका स्याङ्बो र फुर्वा फर्कदैछन् घर

सन्तोष न्यौपाने, बेल्जियम। दोलखाका स्याङ्बोशेर शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा यतिबेला मोल्दोभाबाट टर्कीका लागि उडेका छन् । केहीबेरमा उनीहरूको जहाज टर्कीको राजधानी स्तानबुल अवतरण हुनेछ । आजै राति ८ बजे उनीहरु नयाँ दिल्लीका लागि उड्नेछन् र भोलि बिहानको ठिक ५ बजे उनीहरु दिल्ली उत्रिने कार्यतालिका छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिल्लीमा ५ घण्टाको ट्रान्जिटपछि दिउँसोको २ बजे उनीहरु एयर इन्डियाको जहाजमार्फत काठमाडौँ अवतरण गर्नेछन् । युद्धग्रस्त युक्रेनमा सपनाको खोजी गर्दै रोजगारीका लागि उडेका उनीहरु ७ महिना लामो अलपत्र जीवन भोगेर सङ्घर्षपूर्ण उद्धार पहलपछि भोलि नेपाल फर्कदैछन् । 

Ncell
Extreme Energy

जर्मनीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको पहलमा उनीहरु युक्रेनबाट मोल्दोभा, त्यहाँबाट टर्की र दिल्ली हुँदै काठमाडौँ आउँदैछन् । दलालले भिसा सकिनु भन्दा ७ दिनअघि युक्रेन पुर्याएका शेर्पा दाजुभाइलाई अवैध भन्दै युक्रेनको सेनाले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखेको थियो । 

पासपोर्ट देखाएपछि आफ्नै देश फर्किएर जाउ भनेर पटक पटक मोल्दोभाकाे बोर्डसम्म युक्रेनका सेनाले पठाउँदा पनि उनीहरु आफ्नै देशको बेवास्ताले फर्कन सकेनन् । तर, जर्मनीको दूतावासमा राजदूत फेरिएपछि र गैरआवासीय नेपाली सङ्घले पहल थालेपछी उनीहरु नेपाल आउने निश्चित बनेको छ ।

दलालले भन्थ्यो युद्ध छैन, आकर्षक तलब हुन्छ                   

गत असारमा उनीहरु दुवै जना नयाँ दिल्ली हुँदै आकर्षक रोजगारीको प्रलोभनमा युक्रेन पुगेका थिए । काठमाडौँबाट नयाँ दिल्ली र दिल्लीबाट मोल्दोभाकाे ट्रान्जिट भिसामार्फत उनीहरु विद्यार्थी भिसामा युक्रेन पुगे । 

स्याङ्बोशेरका अनुसार नेपालमा काम गरेर परिवार पाल्न नसकेपछि उनीहरु आकर्षक वैदेशिक रोजगारीको खोजीमा थिए । यही मेसोमा भेटिएका दलालले भारतबाट दिल्ली हुँदै मोल्दोभा भएर युक्रेन जान सकिने बताए  ।

युद्ध नभएको क्षेत्रमा आर्कषक जागिर र धेरै तलब पाइने प्रलोभनमा परेर आफूहरू युक्रेन आइपुगेको अर्का पीडित  फुर्वा शेर्पा बताउँछन् । तर, मोल्दोभाबाट युक्रेन छिरेको एक सातामै उनीहरु पक्राउ परे । युक्रेन सुरक्षा गार्डले पक्राउ गरेर उनीहरूलाई अवैध विदेशी घर फर्काइने शिविरमा राखेको थियो । 

शिविरमा लगिएको दिनदेखि नै आफूहरूको उद्धारका लागि दुवै जनाले हारगुहार गरिरहेको उनीहरूले सिधाकुरालाई बताए । तर, तत्कालीन जर्मनीस्थित नेपाली दूतावासले कुनै पहल गरेन । नेपालका लागि जर्मनीबाट युक्रेन मामला हेर्ने दूतावासमा उद्धारका लागि आग्रह गर्दा उल्टै किन आएको भन्दै थर्काएको स्याङ्बोशेर बताउँछन् । 

युक्रेनबाट उद्धारका लागि दूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म धाउँदा पनि आफूहरुप्रति कुनै चासो नदेखाएपछि उनीहरु मिडियामार्फत उद्धार अपिलका लागि लागेका थिए । उनीहरूले कुनैपनि बाटो भएर प्रलोभनमा परेर युक्रेन नजान पनि सबैलाई अपिल गरेका छन् ।  

कसरी भयो उद्धार      

नेपाली दूतावास वर्लिनका नियोग उपप्रमुख शागर फुँयालकाअनुसार उनीहरुको नेपाल फर्किने टिकट निश्चित भएपछि युक्रेनी सेनाले दुबै जनालाई युक्रेनको लागि श्रीलंकन अनरीकाउन्सिलरको रोहवरमा मोल्दोभा सीमामा लगेर छोडिदिएका थिए । त्यसपछि उनीहरु मोल्दोभाबाट बिहीबार दिउँसो १५ः२० बजेको टर्किस् एयरलाइन्समार्फत नेपालतर्फ लागेका हुन् । फुर्वाकाअनुसार गैरआवासीय नेपाली सङ्घले टिकट निश्चित गरिदिएपछि घर फर्कने बाटो बनेको हो । उनीहरूले नेपाल फिर्ता प्रयास गर्ने सबैलाई धन्यवाद समेत दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...