नेभिगेशन
सबै कुरा

अन्तराष्ट्रिय महिला फुटबल : म्यानमार फाइनलमा प्रवेश


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । काठमाडौँमा जारी अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमार फाइनलमा प्रवेश गरेको छ । 

Ncell
Extreme Energy

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा किर्गिस्तानलाई ५–० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । म्यानमारलाई जित दिलाउन योन वादी र मे हिइत लुले दुई–दुई गोल गरिन् भने सानदार लिनले एक गोल गरिन् । योनले दोस्रो मिनेटमै म्यानमारलाई आग्रता दिलाएकी थिइन् ।

सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन् । त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन् । त्यस्तै दोश्रो हाफको ४९ औं मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन् ।

यसअघि पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । पराजित किर्गिस्तान उपाधि होडबाट बाहिरिएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।