नेभिगेशन
सबै कुरा

‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लागेपछि ‘सक्किगोनी’को प्रसारण पनि रोकियो

काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण रोकिएको छ । अदालतको आदेशका कारण टेलिसिरियल ‘सक्किगोनी’को ९१ औँ भाग प्रसारण गर्न असमर्थ भएको निर्माणटिमले जनाएका छन् । 

सक्किगोनीका कलाकार अर्जुन घिमिरेका अनुसार टेलिसिरियलको ९१ औँ श्रृङ्खला चलचित्र ‘लाज शरणम्’को  प्रचारप्रसार गर्ने उद्देश्यले छायांकन गरिएको थियो । 

City Express

कलाकार घिमिरेले भने, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामिले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगोनि’ को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पुर्णमा पर्न गएको असुविधा प्रती हामी क्षमाप्रार्थी छौँ ।’ 

सक्किगोनी टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा सिताराम कट्टेलले निर्वाह गरेको भूमिका विवादमा परेको थियो । हाल जन्मकैदको सजाय भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले धुर्मुसले निर्वाह गरेको भूमिकामा प्रस्तुत भएको अनुहार, मुखाकृति, पहिरन, जीउडाल, कपाल, हाउभाउ, लवज आफूसँग मेल खाएको भन्दै सोविरुद्ध  माघ २४ गते उच्च अदालत पाटनमा निवेदन हालेका थिए । 

त्यसपछि उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार सिनेमाको प्रचारमा रोक लगाउन अन्तरिम आदेश दिएका थिए ।

चलचित्र ‘लाज शरणम्’ फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु...
विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उनको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्...