नेभिगेशन
सबै कुरा

पाथीभरा कबेलकार विवाद: यातायात व्यवसायीले बन्द गरे यातायात


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्। 

Ncell
Extreme Energy

उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान(वसन्तपुर(गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भत्र्सना गर्दछ।’

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्‍याएको काम भएको विज्ञप्तिमा उल्लेख छ।

पाथीभरामा जबरजस्ती केबलकार बनाउन खोजेपछि प्रहरी र स्थानीयबिच झडपः १२ जना घाइते

संघले अमानवीय कार्यप्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेको छ। घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन्।

झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप गुरुङले जारी गरेको संयुक्त विज्ञप्तिमा बन्दमा एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेकका सवारीसाधन सञ्चालन गरेमा हुने घटनाको आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको छ। 

ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार दिउँसो झडप हुँदा १३ जना घाइते भएका थिए । पाथीभरा क्षेत्रको डडेले भन्ने ठाउँमा क्षमा पूजा सकेर फर्किने क्रममा नो केबलकार समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।