नेभिगेशन
सबै कुरा

पाथीभरा कबेलकार विवाद: यातायात व्यवसायीले बन्द गरे यातायात


ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्। 

उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान(वसन्तपुर(गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भत्र्सना गर्दछ।’

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्‍याएको काम भएको विज्ञप्तिमा उल्लेख छ।

पाथीभरामा जबरजस्ती केबलकार बनाउन खोजेपछि प्रहरी र स्थानीयबिच झडपः १२ जना घाइते

संघले अमानवीय कार्यप्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेको छ। घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन्।

झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप गुरुङले जारी गरेको संयुक्त विज्ञप्तिमा बन्दमा एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेकका सवारीसाधन सञ्चालन गरेमा हुने घटनाको आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको छ। 

ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार दिउँसो झडप हुँदा १३ जना घाइते भएका थिए । पाथीभरा क्षेत्रको डडेले भन्ने ठाउँमा क्षमा पूजा सकेर फर्किने क्रममा नो केबलकार समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ ।
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने...
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
पोखरामा फेला परे सिन्धुलीबाट हराएका १६ जनाको परिवार,घर छोड्नुको कारणबारे प्रहरीलाई यस्तो बयान

पोखरामा फेला परे सिन्धुलीबाट हराएका १६ जनाको परिवार,घर छोड्नुको कारणबारे प्रहरीलाई यस्तो बयान

सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना पोखरामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हराएका भनिएका सबै जना सकुशल भेटिएका छन् । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी...