नेभिगेशन
सबै कुरा

बालेन भन्छन्, ‘प्यारो प्रधानमन्त्रीज्यु, नेपाली भएर बाँच्ने आधार त दिनुस्’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले आफूलाई मेयरका रुपमा नभई एक नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपाललाई विभिन्न देशले लगाएका आरोप उल्लेख गर्दै आफूहरुको अस्तित्व हराएको बताएका हुन् । उनले लेखेका छन्, ‘प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले Corrupt भनिसक्यो , ईन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस ,नेपाली भएर बाच्ने आधार त दिनुस ।’

Ncell
Extreme Energy

मेयर शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्ले नेपाललाई दिएको सहयोग ठगी भएको र भारतमा नेपाली विद्यार्थीमाथि लगाइएको आरोप र गरिएको विभेदलाई समेटेर सो स्टाटस लेखेको बुझिन्छ । 

त्यसो त मेयर शाहले बिहिबार राति अमेरिकि राष्ट्रपतिलाई सम्बोधन गर्दै एक स्टाटस समेत लेखेका थिए । 

नेपाललाई दिइएको सहयोगबारे ट्रम्पको अभिव्यक्तिलाई लिएर उनले टिप्पणी गरेका थिए । मेयर शाहले अमेरिकी राष्ट्रपति ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गरेका हुन् । बालेनले अमेरिका भन्दा नेपाल राम्रो छ भनेर महसुस गराएको भन्दै लेखेका छन्, ‘धन्यवाद, तपाईले हामीलाई हाम्रो देश तपाईको भन्दा राम्रो महसुस गराउनु भयो ।’ 

त्यस्तै उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।