नेभिगेशन
सबै कुरा

मुक्कुम्लुङमा आजपनि तनावः प्रहरी र ठेकेदार पक्षले पत्रकारलाई लियो नियन्त्रणमा

काठमाडौँ । मुक्कुम्लुङ क्षेत्रमा आज पनि तनाव भएको छ । केबलबार निर्माणस्थल तल्लोफेदीमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि नै हातपात भएको छ । 

बिहिबार तनावग्रस्त बनेको सो क्षेत्रमा शुक्रबार बिहान करिब ९ बजे रिपोर्टिङ गर्न पुगेका पत्रकार रेवन राईमाथि प्रहरी र केबलकार निर्माण पक्षले हातपात गरेको हो । उनको क्यामेरा खोसिएको छ । त्यस्तै सोही क्षेत्रमा रिपोर्टिङ गर्न पुगेका गोल्डेन टिभिका पत्रकार अनुप योङहाङलाई समेत नियन्त्रणमा लिइएको छ । 

उनीहरुलाई प्रहरी र ठेकेदार पक्षले लखेटेर नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुचना सम्प्रेषण गर्न स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारमाथि नै दमन भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । ठेकेदार इन्द्र केदेम लगायतको टिमले उनीहरुमाथि भौतिक आक्रमण गरेको स्थानीयको आरोप छ । 

स्थानीयको अनुमतिबिना प्रशासनको आडमा सो क्षेत्रमा केबलकार निर्माण गरिएको भन्दै ताप्लेजुङका स्थानीयहरु आन्दोलित छन् । प्रशासनले प्रहरीहरुको सुरक्षा घेरामा केबलकार निर्माण अघि बढाउन सहयोग गरेको उनीहरुको आरोप छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन ।
हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई...
सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह

सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) द्वारा प्रस्ताव गरिएको संस्थापक शेयरको छुट्टाछुट्टै ISIN नम्बर जारी गर्ने योजनाप्रति कडा आपत्ति जनाएको छ। इप्पानले...
मन्त्री खड्काद्वारा राजीनामा

मन्त्री खड्काद्वारा राजीनामा

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन । यो संगै मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा गठित सरकारलाई राजीनामा दिने मन्त्रीको संख्या पाँच पुगेको छ ।