नेभिगेशन
सबै कुरा

मुक्कुम्लुङमा आजपनि तनावः प्रहरी र ठेकेदार पक्षले पत्रकारलाई लियो नियन्त्रणमा

काठमाडौँ । मुक्कुम्लुङ क्षेत्रमा आज पनि तनाव भएको छ । केबलबार निर्माणस्थल तल्लोफेदीमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि नै हातपात भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार तनावग्रस्त बनेको सो क्षेत्रमा शुक्रबार बिहान करिब ९ बजे रिपोर्टिङ गर्न पुगेका पत्रकार रेवन राईमाथि प्रहरी र केबलकार निर्माण पक्षले हातपात गरेको हो । उनको क्यामेरा खोसिएको छ । त्यस्तै सोही क्षेत्रमा रिपोर्टिङ गर्न पुगेका गोल्डेन टिभिका पत्रकार अनुप योङहाङलाई समेत नियन्त्रणमा लिइएको छ । 

Ncell
Extreme Energy

उनीहरुलाई प्रहरी र ठेकेदार पक्षले लखेटेर नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुचना सम्प्रेषण गर्न स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारमाथि नै दमन भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । ठेकेदार इन्द्र केदेम लगायतको टिमले उनीहरुमाथि भौतिक आक्रमण गरेको स्थानीयको आरोप छ । 

स्थानीयको अनुमतिबिना प्रशासनको आडमा सो क्षेत्रमा केबलकार निर्माण गरिएको भन्दै ताप्लेजुङका स्थानीयहरु आन्दोलित छन् । प्रशासनले प्रहरीहरुको सुरक्षा घेरामा केबलकार निर्माण अघि बढाउन सहयोग गरेको उनीहरुको आरोप छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।