नेभिगेशन
सबै कुरा

शहीद परिवारसँग अध्यक्ष प्रचण्डको भेट

पोखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । 

Ncell
Extreme Energy

प्रचण्डले भने हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं । 

भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।