नेभिगेशन
सबै कुरा

शहीद परिवारसँग अध्यक्ष प्रचण्डको भेट

पोखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । 

प्रचण्डले भने हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं । 

भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...