नेभिगेशन
सबै कुरा

सम्पत्ति शुद्धीकरणमा एफएटीएफको ‘ग्रे लिस्ट’ मा नेपाल

काठमाडौँ । नेपाल ‘ग्रे लिस्ट’मा परेको छ । सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को लिस्टमा नेपाल ग्रे लिस्टमा परेको हो । ग्रे लिस्ट भनेको एफएटीएफको मध्यमस्तरको निगरानी सूची भन्ने बुझिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । मूल्यांकनका प्रक्रियामा सहभागी अधिकारीहरूका अनुसार नेपाल ग्रे लिस्टमा परेको र त्यसको औपचारिक घोषणा केही समयमा हुने बताए । 

Ncell
Extreme Energy

गैरकानुनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सबै कानुनी आधार तयार नभएको भन्दै एफएटीएफले नेपाललाई  ‘ग्रे लिस्ट’मा राखेको हो । 

एफएटीएफले सम्पत्ति शुद्धीकरण र गैरकानुनी आर्थिक क्रियाकलाप निवारणका लागि अन्तर्राष्ट्रिय मापदण्ड तयार गर्छ। सो मापदण्ड पुरा नगर्ने राष्ट्र एफएटीएफको ग्रे लिस्टमा पर्छन् । 

ग्रे लिस्टमा पर्ने देशहरु उच्च निगरानीमा हुन्छन् भने तिनीहरूले आफ्नो कमजोरीहरू सम्बोधन गर्न विशेषज्ञहरूसँग नियमित परामर्शमा सहभागी हुनुपर्छ । त्यस्तै ति देशहरुले पटकपटक आफ्नो बित्तिय प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । 

कुनै पनि देश ग्रे लिस्टमा पर्नु भनेको तिनीहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठा क्षतिग्रस्त छ भन्ने बुझिनु हो । ग्रे लिस्टमा पर्ने देशहरुले विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय व्यापारमा भाग लिनमा समस्या उत्पन्न गराउन सक्छ ।

नेपाल वि.सं २०५९ मा एफएटीएफको सदस्य बनेको थियो । सदस्य राष्ट्रहरुले एपएटीएफका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । 

नेपाल यसअघि सन् २००८ देखि २०१४ सम्म एफएटीएफको ग्रे लिस्टमा थियो । सन् २०१४ मा सम्पत्ति शुद्धीकरण निवारण ऐन २००८ मा संशोधन गरेपछि नेपाल ग्रे लिस्टबाट हटेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कालीगण्डकीको कटानले जोखिममा पुल

कालीगण्डकीको कटानले जोखिममा पुल

कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।