नेभिगेशन
सबै कुरा

महाकुम्भका कारण महाशिवरात्रिमा पशुपतिनाथमा भक्तजन बढ्ने अनुमान

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन काम भइरहेको बताए । पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप विच्छ्याउनेलगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए। 

Ncell
Extreme Energy

महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तित्वको पनि सहयोग आवश्यक रहेको उनले बताए। मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायतस्थानमा भइरहेको महाशिवरात्रिको तयारीका कामको अवलोकन गरेका थिए । 

अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उनलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए । 

महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर महाशिवरात्रिको तयारी भइरहेको सदस्य सचिव थापाले सुनाए ।

मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन सुरु भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवं धुनी ताप्ने व्यवस्था सुरु गरिसकेका छन् ।

यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष, गुठी संस्थान, पशुपति क्षेत्रस्थित विभिन्न आश्रमले आवास, भोजन र धुनी ताप्ने व्यवस्था गर्ने गरेका छन् । महाशिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।