नेभिगेशन
सबै कुरा

सङ्घीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न शुक्रबार बसेको बैठकमा विधेयकको दफाहरुमा सहमति जुट्न नसकेपछि उपसमिति गठन गरिएको हो । 

Ncell
Extreme Energy

सांसद दिलेन्द्र बडूको संयोजकत्वमा गठित उपसमितिलाई विवादित विषयमा सहमति खोज्न एक महिनाको समय दिइएको छ । उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

उपसमितिलाई सहमति जुट्न नसकेका बिषयमा सहमति जुटाइ प्रतिवेदन पेश गर्न भनिएको छ । एउटा दफामा पनि सहमतिमा जुट्न नसकेपछि समस्या देखिएकाले विधेयकलाई सहमतिमार्फत छिटो अघि बढाउन उपसमिति गठन गरिएको सभापति खतिवडाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।