नेभिगेशन
सबै कुरा

कार्यसम्पादनमा सबैभन्दा कमजोर नतिजा ल्याएका पूर्वाधारमन्त्री देवेन्द्र दाहालले भने–‘मूल्याङ्कन प्रणाली सुधारौँ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन् । 

मन्त्रालय १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको उनले बताए । मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।

बिभिन्न राजमार्ग निर्माणको काम पनि द्रूत गतिमा अघि बढिरहेको उनकोे भनाइ छ । मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए । 

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को वारेमा छलफल गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह

सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) द्वारा प्रस्ताव गरिएको संस्थापक शेयरको छुट्टाछुट्टै ISIN नम्बर जारी गर्ने योजनाप्रति कडा आपत्ति जनाएको छ। इप्पानले...
मन्त्री खड्काद्वारा राजीनामा

मन्त्री खड्काद्वारा राजीनामा

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन । यो संगै मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा गठित सरकारलाई राजीनामा दिने मन्त्रीको संख्या पाँच पुगेको छ ।
चिया बगान बाहेक अन्य रुपमा प्रयोग गरे गिरीबन्धु टी–‍इस्टेटको जग्गा स्वतः सरकारको हुन्छः मन्त्री अधिकारी

चिया बगान बाहेक अन्य रुपमा प्रयोग गरे गिरीबन्धु टी–‍इस्टेटको जग्गा स्वतः सरकारको हुन्छः मन्त्री अधिकारी

‘चिया बगानको निम्ती लिएको जग्गा कहाँ अर्कोमा परिण गर्ने कहाँ भनेको छ ? त्यो अर्कोमा परिणत गर्न पाइन्न । त्यही उद्देश्यमा काम गर्नुपर्छ । यदि त्यो उद्देश्यमा काम...
नेप्से परिसूचक ३० अङ्कले बढ्यो

नेप्से परिसूचक ३० अङ्कले बढ्यो

मंगलबार ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२...