नेभिगेशन
सबै कुरा

हिजो टिकटकमा प्रतिबन्ध लगाउनेहरु अहिले अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गरेका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे । 

 “हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” प्रधानमन्त्री ओलीले भने, “स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, “मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने,  भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।”

उनले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन ।
हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई...
सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह

सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) द्वारा प्रस्ताव गरिएको संस्थापक शेयरको छुट्टाछुट्टै ISIN नम्बर जारी गर्ने योजनाप्रति कडा आपत्ति जनाएको छ। इप्पानले...
मन्त्री खड्काद्वारा राजीनामा

मन्त्री खड्काद्वारा राजीनामा

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन । यो संगै मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा गठित सरकारलाई राजीनामा दिने मन्त्रीको संख्या पाँच पुगेको छ ।