नेभिगेशन
सबै कुरा

एमालेकरणलाई रोक्न जरुरी छः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमालेकरणलाई रोक्न जरुरी भएको बताएका छन् । शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले सरकारमा मन्त्री हुनेहरुले एमालेसाग सहकार्य गरेपनि बाहिर रहेका भने एमालेसँग प्रतिष्पर्धा गर्नुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले आफूलाई सबैभन्दा ठूलो पार्टी भनिराखेका छौँ । हुन पनि संसदमा सबैभन्दा पार्टी छौँ । तर कहिले माओवादीलाई दिएको छ, कहिले एमालेलाई दिएको छ । हामीहरु बन्न सकिराखेको छैनौँ । त्यसकारण हामीले एक्लै भुनाव लड्ने अठोट गरिकन अगाडि बढ्न अवश्यक छ ।’ उनले भने, ‘एमालेकरणलाई रोक्न पनि त्यत्तिकै जरुरी छ । किनभने एमालेसँग मिलेर सरकारमा छौँ । जो मन्त्रीहरु हुन्छन् उनीहरुले सहकार्य गरुन्, तर जो बाहिर छौँ हामीहरुले चाँही एमालेसँग प्रतिष्पर्धा पनि गर्नुपरेको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् । 

समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दवाव दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरुको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए । 

त्यस्तै कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।