नेभिगेशन
सबै कुरा

पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ समूहको आज पनि प्रर्दशन, गृहमन्त्रीको राजीनामा माग

  ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार बनाउन नहुने भन्दै आन्दोलित समूहले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केबलकार बनाउने नहुने भन्दै पाथीभरा मन्दिरको पैदलयात्रा गरिरहेको सो समूह आज बलुडाँडाबाट नारा जुलुस लगाउँदै फुङलिङ झरिरहेको छ । 

Ncell
Extreme Energy

सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेका हुन् । लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलुङ (पाथीभरा) मा केबलकार बनाउन नहुने स्थानीयको मागलाई बेवास्ता गर्दै बल प्रयोग गरेको भन्दै उनीहरु सरकार विरुद्ध आक्रोशित भएका हुन् ।  प्रदर्शनकारीहरूले ‘गृहमन्त्री रमेश लेखक राजिनामा देऊ, केबलकार निर्माण तत्काल बन्द गर’ जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्रीको इसारामा गृहमन्त्रीले स्थानीयहरु माथि बल प्रयोग गरेकाले उनको राजिनामा मागिएको प्रर्दशनकारीका एक नेता डिकेन्द्र सिंह लिम्बुले सिधाकुरालाई बताए । 

आफूहरूको धार्मिक धरोहर व्यापारीलाई सुम्पिन खोजेको काण आन्दोलन गर्नु परेको लिम्बु बताउँछन् । झण्डै एक महिना देखि निरन्तर केबलकार परियोजना विरुद्ध आन्दोलित रहेको पनि लिम्बुले बताए ।  

उनीहरूले गत साता देखि पैदल यात्रा गर्दै मुकुलुङ पुगेर क्षमा पुजा गरेका थिए । फर्किएर आउने क्रममा पछिल्लो तीन दिन देखि पाथीभरा क्षेत्रमा प्रहरी र उनीहरबीच झडप समेत भइरहेको छ । केबलकार खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र लिम्बुको नेतृत्वमा करिब ६ सयका हाराहारीमा रहेका उनीहरु अहिले फुङलिङ पुग्दैछन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।