नेभिगेशन
सबै कुरा

पाथीभरा केबलकार विवादः तनाबग्रस्त बन्यो ताप्लेजुङ सदरमुकाम

काठमाडौँ । नो केबलकार समूह र प्रहरीबीचको झडपले ताप्लेजुङ सदरमुकाम फुङलिङ तनाबग्रस्त बनेको छ । सिधाकुराकाे सम्पर्कमा आएकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बजार क्षेत्रमा आगोको मुस्लो बोकेका नो केबलकार समूह र प्रहरीबीच झडप भएको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेसम्म प्रहरीतर्फ आधा दर्जन हाराहारी घाइते भएको र प्रदर्शनकारीतर्फको क्षतिको विवरण यकिन भई नसेककेको खड्काको भनाई छ । 

Ncell
Extreme Energy

पाथिभरामा पैदल यात्रा गरेर बजार फर्किएका नो केबलकार समूहका प्रदर्शनकारीहरुले कोणसभा गर्ने भन्दै मसल जुलुस निकालेको प्रशासनको दाबी छ । प्रदर्शनकारीहरुले अराजक प्रदर्शन गर्न थालेपछि सुरक्षाकर्मीले रोकेको र सोही क्रममा झडप भएको खड्काकाे दाबी छ । 

उता नो केबलकार समूहका नेता डेकेन्द्र सिंह लिम्बुले भने मसाल जुलुसमा प्रहरीले अनावश्यक हस्तक्षेप गर्दा  झडप भएको बताए । ‘प्रहरीले अनावश्यक बल प्रयोग गर्यो । हाम्रो साथीहरु घाइते भएका छन् । एकिन विवरण आउन बाँकी छ । बजार क्षेत्र तनावग्रस्त बनेको छ ।’

पाथिभरामा केबलकार बनाउने विषयका कारण लामो समयदेखि नो केबलबार समूह र सरकारबीच विवद जारी छ । सरकार जसरी पनि स्थानीयलाई पेलेर चन्द्र ढकाल समूहलाई केबलकार बनाउन दिने पक्षमा देखिन्छ । तर कोशी प्रदेश र देशभरका लिम्बु समुदाय भने आफूहरुको धार्मिक आस्थाको केन्द्र मुकुलुङ (पाथिभरा) मा कुनै हालतमा केबलकार बन्न नदिने अडानमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।