नेभिगेशन
सबै कुरा

ताप्लेजुङ सदरमुकाम र आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौँ । ताप्लेजुङ प्रशासनले जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आइतबार बिहान ५ बजेबाट लागू हुनेगरि अनिश्चतकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार रातभर नो केबलकार समूह र प्रहरी बीच जिल्ला सदरमुकाम फुंगलिंगमा झडप भएको थियो ।  निषेधाज्ञा जारी भएका स्थानमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन ।

Ncell
Extreme Energy

निषेधाज्ञा जारी भएको स्थानमा जुलुस धर्ना र सभा समेत गर्न रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितमा भएको व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुंगलिंग नगरपालिका बजार क्षेत्रको पूर्व सल्लेरी, पश्चिम घोडे चौर, उत्तरमा उकाली पानी र दक्षिणमा शेर्पा टोल सम्म र केबलकार निर्माण भइरहेको स्थान काफ्ले पाटी क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
सुनसरी र सिरहामा भएको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सरकारले गर्यो सहिद घोषणा

सुनसरी र सिरहामा भएको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सरकारले गर्यो सहिद घोषणा

आज बसेको मन्त्रिपरिषदको बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप लागेका बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन

ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप लागेका बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।