नेभिगेशन
सबै कुरा

गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर विरोध गरिरहन्छौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु देश लुट्नेविरुद्ध निरन्तर आन्दोलित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले देशमा गणतन्त्र आएको तर गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने आफूहरु त्यसको निरन्तर विरोधमा हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणतन्त्र जस्तोसुकै गरि स्थापना भएपनि त्यो लुटतन्त्रमा परिणत भए आफूहरु त्यसको प्रतिरोधमा उत्रने बताएका हुन् । उनले भने, ‘‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्छे हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो अर्थमा यहाँ जुन कुरा राखियो । तपाईँले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्, गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिरहन्छौँ । त्यसको विरुद्धमा हुन्छौँ ।’’

Ncell
Extreme Energy

त्यस्तै उनले पाथिभरा क्षेत्रमा भइरहेको राज्यको दमनबारे समेत प्रश्न गरेका छन् । उनले राज्यले अन्देखा गरेर भाइभाईलाई लडाएको आरोप लगाएका छन् । ‘‘आज पाथिभरा मुक्कुम्लुङ क्षेत्र अशान्त भइरहेको छ, एकप्रकारले त्यो रणमैदानमा परिणत भइरहेको छ । प्रधानमन्त्रीले,  गृहमन्त्रीले त्यो भिडियो, समाचार हेर्नुभएको छ कि छैन ? र राजनीतिक दलले त्यो विषय किन अन्देखा गरेर बसिरहेको छ । भाइभाइबिच लडाउने काम किन भइरहेको छ एउटा व्यापारिक स्वार्थका लागि ?’’, लिङ्देनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।