नेभिगेशन
सबै कुरा

गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर विरोध गरिरहन्छौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु देश लुट्नेविरुद्ध निरन्तर आन्दोलित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले देशमा गणतन्त्र आएको तर गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने आफूहरु त्यसको निरन्तर विरोधमा हुने बताएका छन् । 

गणतन्त्र जस्तोसुकै गरि स्थापना भएपनि त्यो लुटतन्त्रमा परिणत भए आफूहरु त्यसको प्रतिरोधमा उत्रने बताएका हुन् । उनले भने, ‘‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्छे हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो अर्थमा यहाँ जुन कुरा राखियो । तपाईँले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्, गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिरहन्छौँ । त्यसको विरुद्धमा हुन्छौँ ।’’

त्यस्तै उनले पाथिभरा क्षेत्रमा भइरहेको राज्यको दमनबारे समेत प्रश्न गरेका छन् । उनले राज्यले अन्देखा गरेर भाइभाईलाई लडाएको आरोप लगाएका छन् । ‘‘आज पाथिभरा मुक्कुम्लुङ क्षेत्र अशान्त भइरहेको छ, एकप्रकारले त्यो रणमैदानमा परिणत भइरहेको छ । प्रधानमन्त्रीले,  गृहमन्त्रीले त्यो भिडियो, समाचार हेर्नुभएको छ कि छैन ? र राजनीतिक दलले त्यो विषय किन अन्देखा गरेर बसिरहेको छ । भाइभाइबिच लडाउने काम किन भइरहेको छ एउटा व्यापारिक स्वार्थका लागि ?’’, लिङ्देनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...