नेभिगेशन
सबै कुरा

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभा बैठकको आकश्मिक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रसस्त गर्न माग गरेका हुन् । सरकारको अकर्मन्यता र बितिय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रुपमा मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे । 

Ncell
Extreme Energy

उनले भने, ‘एफएटिएफले आधिकारिक रुपमा नेपाललाई ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्रमण्यता, वित्तिय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ । म यसका प्रति खेद व्यक्त गर्न चाहन्छु । निन्दा व्यक्त गर्न चाहन्छु र यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्दछ भनेर सम्माननीय सभामुखमार्फत म ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

उनले सरकारप्रति विश्वास र भरोषा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक बिशेष महत्वका रुपमा दिन ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।