नेभिगेशन
सबै कुरा

पाथिभरा विवादबारे तोसिमा कार्की –जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ?


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पाथिभरामा राज्यको अकर्मण्यता देखिएको बताएकी छिन् । पछिल्लो समय केबलकार निर्माणको विषयलाई लिएर आन्दोलित सो क्षेत्रको बारेमा संसदमा बोल्दै सांसद कार्कीले पाथिभरामा राज्यको दमन रहेको बताएकी हुन् । 

Ncell
Extreme Energy

उनले भनिन्, ‘‘पटकपटक स्थानीय र प्रहरीबिच झडप हुने, नागरिकहरु घाइते हुने, धनजनको क्षति हुने र गोलीसमेत चल्ने गरेको छ । हिजो पनि त्यहाँ असामान्य स्थित सिर्जना भयो, अहिले त्यहाँ कर्फ्यु लागेको छ । यसरी राज्यको अकर्मण्यताका कारण नेपालीहरु ‘एस केबलकार’ र ‘नो केबलकार’ मा विभाजित भएका छन् । लडाइँको स्थितमा छन् । विभाजित छन्, अराजक छन्, आक्रोशित छन् तर सरकारले निकास दिन सकेका छैनन् । ’’

त्यस्तै उनले जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । ‘‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यहि ठाउँका जनतामाथि लाठी प्रहार गरेर, गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्ने ?’’, कार्कीले प्रश्न गरिन्, ‘‘त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालका लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरु, समर्थक पक्ष, आन्दोलनरत पक्ष र नागरिकहरुसँग संवाद गरेर वार्तामार्फत यो विषयलाई सम्बोधन गरियोस । समाधान गरियोस् । बलमार्फत हैन, वार्तामार्फत समाधान खोजियोस् ।’’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।