नेभिगेशन
सबै कुरा

पाथिभरा विवादबारे तोसिमा कार्की –जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पाथिभरामा राज्यको अकर्मण्यता देखिएको बताएकी छिन् । पछिल्लो समय केबलकार निर्माणको विषयलाई लिएर आन्दोलित सो क्षेत्रको बारेमा संसदमा बोल्दै सांसद कार्कीले पाथिभरामा राज्यको दमन रहेको बताएकी हुन् । 

उनले भनिन्, ‘‘पटकपटक स्थानीय र प्रहरीबिच झडप हुने, नागरिकहरु घाइते हुने, धनजनको क्षति हुने र गोलीसमेत चल्ने गरेको छ । हिजो पनि त्यहाँ असामान्य स्थित सिर्जना भयो, अहिले त्यहाँ कर्फ्यु लागेको छ । यसरी राज्यको अकर्मण्यताका कारण नेपालीहरु ‘एस केबलकार’ र ‘नो केबलकार’ मा विभाजित भएका छन् । लडाइँको स्थितमा छन् । विभाजित छन्, अराजक छन्, आक्रोशित छन् तर सरकारले निकास दिन सकेका छैनन् । ’’

त्यस्तै उनले जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । ‘‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यहि ठाउँका जनतामाथि लाठी प्रहार गरेर, गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्ने ?’’, कार्कीले प्रश्न गरिन्, ‘‘त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालका लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरु, समर्थक पक्ष, आन्दोलनरत पक्ष र नागरिकहरुसँग संवाद गरेर वार्तामार्फत यो विषयलाई सम्बोधन गरियोस । समाधान गरियोस् । बलमार्फत हैन, वार्तामार्फत समाधान खोजियोस् ।’’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...