नेभिगेशन
सबै कुरा

केबलकारको पक्षमा योगेश भट्टराई, भन्छन् –'पाथिभरामा कानुनअनुसार नै केबलकार बनाउन दिएको हो'

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा व्यक्तिगत र राजनीतिक स्वार्थ देखापरेको बताएका हुन् । त्यस्तै उनले  धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका हुन् । उनले कुनै पनि विकासमा धर्म प्रवेश गराउन नहुने बताउँदै भने,‘विकास विरोधी कोही पनि छैन तर धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौँ त्यसले भयंकर विवाद ल्याउँछ ।’, उनले भने

Ncell
Extreme Energy

त्यस्तै उनले पाथिभरामा केबलकार बनाउने अनुमति कानुनअनुसार नै दिएको बताए । उनले भने, ‘ताप्लेजुङमा केबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ । नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबलकारको काम अगाडि बढाएको हो ।’

त्यस्तै उनले केबलकार निर्माणको विरोधमा शनिबार राती भएको घटनाप्रति आपत्ति जनाए । विरोधका क्रममा मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने र सुरक्षाकर्मीमाथि साङ्घातिक हमला भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुन नपाएको बताए । केबलकार निर्माणको विरोधको घटनाले नागरिकहरु आतंकित बनेकाले तत्काल गम्भीर हुनुपर्ने उनले बताए । 

उनले नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता विवाद हुनु दुखद कुरा भएको बताए । केबलकार निर्माणका विषयमा निरन्तर बिरोध र झडपका घटना भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।