नेभिगेशन
सबै कुरा

केबलकारको पक्षमा योगेश भट्टराई, भन्छन् –'पाथिभरामा कानुनअनुसार नै केबलकार बनाउन दिएको हो'

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा व्यक्तिगत र राजनीतिक स्वार्थ देखापरेको बताएका हुन् । त्यस्तै उनले  धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका हुन् । उनले कुनै पनि विकासमा धर्म प्रवेश गराउन नहुने बताउँदै भने,‘विकास विरोधी कोही पनि छैन तर धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौँ त्यसले भयंकर विवाद ल्याउँछ ।’, उनले भने

त्यस्तै उनले पाथिभरामा केबलकार बनाउने अनुमति कानुनअनुसार नै दिएको बताए । उनले भने, ‘ताप्लेजुङमा केबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ । नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबलकारको काम अगाडि बढाएको हो ।’

त्यस्तै उनले केबलकार निर्माणको विरोधमा शनिबार राती भएको घटनाप्रति आपत्ति जनाए । विरोधका क्रममा मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने र सुरक्षाकर्मीमाथि साङ्घातिक हमला भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुन नपाएको बताए । केबलकार निर्माणको विरोधको घटनाले नागरिकहरु आतंकित बनेकाले तत्काल गम्भीर हुनुपर्ने उनले बताए । 

उनले नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता विवाद हुनु दुखद कुरा भएको बताए । केबलकार निर्माणका विषयमा निरन्तर बिरोध र झडपका घटना भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...