नेभिगेशन
सबै कुरा
आलेखः

तन्नेरीले हाँकेको ‘पर्शुराम’

काठमाडाैँ । भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुरास्थित पर्शुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो । पुरानो पार्टी, लक्का जवान उम्मेदवार । बहालवाला नगरप्रमुख नै उम्मेदवार बन्ने चर्चाका बीच पार्टीले विश्वास गरेर टिकट दिएका पात्र । त्यो पनि पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले विश्वास गर्‍यो तर जनताले के गर्लान् ? धेरैको मनमा प्रश्न थियो । जोशी भने चुनाव जित्नेमा ढुक्क । पुरानो पार्टीमा टिकट पाउनु नै जितको सुरुवात ठानेका उनमा जनमत पाउने अझ बढी आत्मविश्वास थियो । त्यसको आधार थियो, कोरोना महामारीका समयमा जनताको घरघरमा पुगेर औषधोपचारलगायत तत्कालीन समस्या नजिकबाट नियाल्नु र समाधानमा भूमिका खेल्नु । सङ्कटका बेला साथ दिएका जोशी धेरैजसो स्थानीयका लागि परिचित नै थिए । अपरिचितमा पनि चुनावी अभियानकै क्रममा आफ्नो मुद्दा बुझाएर आशाको दियो जगाए । फलतः निर्वाचनमा विजयी भए । 

Extreme Energy
citizen life

देशभर युवापुस्ताको प्रतिनिधित्वको प्रश्न । त्यहीबेला पुरानो लोकतान्त्रिक पार्टीबाट सम्भवतः देशभरकै तन्नेरी (कान्छो) उम्मेदवारको जित । चर्चा थप चुलियो । पार्टीको साधारण कार्यकर्ता, राजनीतिमा नयाँ नयाँ । धेरैलाई चासो थियो, अब नगरमा के हुन्छ भनेर । ‘युवा एजले होइन, एजेन्डा’ले हुने हो भनेर बहस हुने पार्टीमा त झन् चासो हुने नै भयो । यही चर्चा र चासोका बीच उहाँको आधा कार्यकाल बित्यो । उल्लेखित संशय र प्रश्नको जवाफ कसरी दिइरहेका छन् त जोशीले ? भन्ने प्रश्नमा उनी भन्छन्, 'एकाध वर्षमा धेरै परिणाम खोज्न थालियो भने हामी सबै त्यसैमा अल्मलिन्छौँ । त्यसैले विकास भनेको ठूला भवन र पूर्वाधार, चिल्लो सडक र यस्तै कुरालाई सम्झिने परिपाटी छ तर हामीले यहाँको सर्वाङ्गीण विकासको कुरा गरिरहेका छौँ । त्यो भनेको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक जागरण, उद्यमशीलता, नवप्रवर्तन र सामूहिक भावनालाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हाम्रो सोच छ, सोहीअनुसार काम गरिरहेका छौँ ।'

यही सोचका कारण सकेसम्म आफूले फरक अभ्यास गर्न खोजेको नगरप्रमुख जोशीको दाबी छ । स्थानीय जनजीवनलाई केन्द्रमा राखेर स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार, खेलकुद र सामाजिक जागरणका काम सँगसँगै अगाडि बढाइएको उनको भनाइ छ । कोरोना महामारीमा जनताको स्वास्थ्य सेवामार्फत समाज सेवामा जुटेका जोशीले नगरप्रमुख भएपछि नागरिकमा गुणस्तरीय स्वास्थ्य पहुँच विस्तारमा जोड दिएको बताए । 'त्यसका लागि नगर अस्पताल सुधारमा लागियो । हाल एक एमडी र तीन जना एमबिबिएस चिकित्सकमार्फत सेवा प्रवाह, बहिरङ्ग सेवा विस्तार, दन्तसेवा प्रवाह, वडामा डाक्टर, नगर क्षेत्रका विद्यार्थीको स्वास्थ्य विवरण तयार गरी विद्यालयमै स्वास्थ्य जाँच, गर्भवतीलाई अन्यत्र रेफर गरे निःशुल्क एम्बुलेन्स सेवा दिने काम भइरहेका छन्', उनले सुनाए ।

जोशीले घरघरमा सिंहदरबारको नीतिअनुसार सम्भव भएसम्म सबैजसो सेवा वडाबाटै प्रवाहका लागि पहल गरेका छन् । हाल सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, बैंक खाता सञ्चालन र रकम भुक्तानीको काम वडाबाटै सुरु भएका छन् । शिक्षा सुधारका लागि सामुदायिक विद्यालय सुधार, उच्च शिक्षाका लागि विद्यार्थी सहुलियत कर्जा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, एक करोड ६० लाख बढीको आधुनिक पुस्तकालय, गाउँमै लोकसेवा कक्षा, युवालाई ‘करियर काउन्सिलिङ’ जस्ता कार्यक्रम अगाडि बढाइएका छन् ।

यसका अतिरिक्त उज्यालो नगर, पर्शुराम साहित्य महोत्सव, खेलकुदको प्रवर्द्धनका लागि भलिबल, क्रिकेटमा आफ्नै टोली, बन्द प्रशिक्षणजस्ता कार्यक्रम कार्यान्वयन भइरहेका छन् । पर्शुराम गौरव योजनाअन्तर्गत क्रिकेट रङ्गशाला, कबर्डहल, धार्मिक पर्यटन विकासका लागि पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण योजना, महाकालीमा जलपर्यटन विकासका लागि स्थानीय युवालाई ‘र्‍याफ्टिङ गाइड तालिम’ दिएर स्वरोजगार बनाउने प्रयासको थालनी भएको छ । 

आफ्नो पालिकामा नागरिकलाई दिने सुविधाबारे चिन्ता त छँदैछ, समग्र सुदूरपश्चिमका विकास प्राथमिकता र सम्भावनाबारे सामूहिक चिन्तनको विकासमा पनि पर्शुराम अगाडि छ । गत पुस १५ र १६ मा सम्पन्न पहिलो सुदूरपश्चिम मेयर फोरमसमेत त्यसैको उपज हो । 'हाम्रो प्रदेशमा ८८ वटा पालिका छन् । हामीभन्दा धेरै अनुभवी, स्रोतसाधन सम्पन्न पालिका त अरु पनि छन् तर यो सामूहिक भावनाको विकासको सुरुआत पर्शुरामले नै गरेको छ', नगरप्रमुख जोशीले भने, 'पछिल्लो समय खेलकुदमा युवाको लगाव बढ्दै छ । पर्शुरामको पहिचानका लागि भलिबल र क्रिकेटमा आफ्नै टोली बनाएका छौँ । हालसम्म हाम्रो टोली सहभागी भएका खेलमा राम्रो नतिजा आइरहेको छ ।' 

फरक पार्टीबाट भए पनि युवा नै छन् उपप्रमुख विमलाकुमारी बोहरा । हाल प्रमुख प्रशासकीय अधिकृत रहेकी कल्पना भट्ट पनि उस्तै । उमेरले मात्रै होइन, कामले पनि तन्नेरी भएको देखाउनु छ नगरप्रमुख जोशीको टोलीलाई ।

प्रमुख प्रशासकीय अधिकृत भट्ट स्थानीय सम्भावनाको प्रवर्द्धन, युवा जनशक्ति, कृषि, धार्मिक पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले काम गरिरहेको बताउँछिन् । स्थानीय आवश्यकता सम्बोधनका साथै पर्शुरामको पहिचान निर्माणका लागि रचनात्मक कार्यक्रम पनि अगाडि बढिरहेका उनले बताए । 'यहाँका गाउँघरमा अहिले महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै देखिन्छन् । हुन त यो देशकै समस्या हो । यो भित्री मधेश हो, तराईबाट नजिक र पहाडसमेत भएको हिसाबले उत्पादनको राम्रो सम्भावना छ । भारत पनि जोडिएकाले व्यापारको त्यत्तिकै सम्भावना छ । सुन्तला, आलु, सिड फ्रुटहरूलगायतको उत्पादन राम्रो हुन्छ । पशुपालन ९भेडा, बाख्रा० को प्रचुर सम्भावना छ । युवालाई यही रोक्न सकियो भने धेरै काम गर्न सकिन्छ । यसमा हाम्रो प्रयास जारी छ', उनले भने । 

भट्टले हिन्दू धर्ममा विशेष महत्व राख्ने पर्शुरामधामको विकास, महाकाली नदीको जलस्रोतको उपयोगका विषयमा पनि काम भइरहेको बताए । उनले भने, 'पारीको पूर्णागिरिमा त्यत्रो भीड हुन्छ, पर्शुरामधाममा नहुने भन्ने होइन । महाकाली नदीमा पुल र पर्शुरामधामलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसक्यो भने त्यो सम्भावना यहाँ पनि छ । त्यसैले पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण, शिवालयमा धार्मिक बगैँचा, गौशाला र धर्मशाला, ताल निर्माणका काममा लगानी बढाइरहेका छौँ ।'   

नगरपालिकाले उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई) वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिनाब्याजमा कर्जा दिइरहेको छ । नगरपालिकाको १४औँ नगरसभाबाट पारित निर्णयअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिनाब्याजमा रू पाँच लाखसम्म कर्जा दिन थालिएको हो । 

आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई बिनाब्याज कर्जा दिन थालिएकामा हालसम्म यसबाट ३० जना लाभान्वित भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडाले वडापरिसरमा बस्ने लेखन्दासहरुलाई हटाएको छ । वडाले अहिले वडा सदस्य प्रयोग गरेर चार जना वडा सदस्यलाई हरेक हप्ता १ जनाले अनिवार्य जनतालाई सहजीकरण गर्ने निर्णय गरि कार्यान्वयन...
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...