नेभिगेशन
सबै कुरा

प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृह मन्त्रालयको पत्राचार


काठमाडौँ । गृह मन्त्रालयले दलितमाथि हुने भेद्भाव, उत्पीडन, छुवाछुत लगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए। उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताए । 

“दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु¥याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भने, “ डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र प्रभावकारी रुपमा डेस्क सञ्चालन एवं व्यवस्थापन गर्न भनेका छौँ ।”


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै