नेभिगेशन
सबै कुरा

माओवादीको तराई/मधेश जागरण अभियान किन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट तराई/मधेश जागरण अभियान सुरु गर्दै छ ।  आज अभियान उद्घाटन हुने र चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् ।

Ncell
Extreme Energy

माओवादीको अभियान कहिले कहाँ हुँदैछ ?

कोशी प्रदेश

झापा– फागुन– १२ गते

मोरङ– फागुन १३ गते

सुनसरी– फागुन १५ गते

मधेश प्रदेश

सप्तरी– फागुन १६ गते

सिरहा– फागुन १७ गते

धनुषा– फागुन १८ गते

महोत्तरी– फागुन १९ गते

सर्लाही– फागुन २१ गते

रौतहट– फागुन २२ गते

बारा– फागुन २३ गते

पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते

रुपन्देही– फागुन २८ गते

कपिलवस्तु– चैत २ गते

दाङ– चैत ३ गते

बाँके– चैत ४ गते

बर्दिया– चैत ५ गते

सुदूरपश्चिम प्रदेश

कैलाली– चैत ६ गते

कञ्चनपुर– चैत ७ गते


माओवादी केन्द्रले किन गर्दैछ जागरण अभियान ?

१. प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न ।

२. सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न ।

३. दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न ।

४. अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिन ।

५. दलित समुदायमाथि हुने जातीय छुवाछूत तथा महिलामाथिको हिंसाको विरोध गर्दै उत्पीडित वर्ग एवं समुदायका संवैधानिक हक सुनिश्चित गर्न ।

६. दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि एवम् सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको उदासिनताको विरोध गर्न ।

७. सहकारी ठगी कारबाही सन्दर्भमा सत्ता–गठबन्धन निकट व्यक्तिलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको विरोध गर्दै सहकारी पीडितलाई बचत रकम उपलब्ध गराई न्याय दिलाउने वातावरण बनाउन ।

८. माओवादी केन्द्र नेतृत्वको सरकारले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याज समस्या समाधानका लागि गरेको ऐतिहासिक पहलकदमीको स्वामित्व स्थापित गर्दै हाल मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले देखाएको उदासीनताप्रति भत्र्सना गर्दै मिटरव्याज पीडितको न्यायको पक्षमा आवाज उठाउन ।

९. नागरिकताविहीन नेपालीलाई नागरिकता दिन माओवादी केन्द्र नेतृत्वको सरकारले कानुन निर्माणमा लिएको पहलकदमीको अपनत्व लिँदै यससम्बन्धी देखिएका व्यावहारिक कठिनाई हटाउनका लागि ध्यानाकर्षण गराउन ।

१०. राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्र हितको पक्षमा दृढ अडान र देशभक्त शक्तिलाई एकता र सहकार्यका लागि आह्वान गर्न ।

११. सरकारले संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत उत्पीडित समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्वको अधिकार खोस्न सक्ने खतराप्रति सचेत गराउँदै उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्न ।

१२. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखपूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानलगायतका हाम्रो पार्टीको मतलाई मूल आधार बनाएर संविधान संशोधनको मुद्दा उठाउन ।

१३. मैथिली, भोजपुरी, अवधि, थारूलगायतका राष्ट्रभाषालाई सरकारीको कामकाजको भाषाको रूपमा स्थापित गर्न ।

१४. तराई मधेशमा सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि सशक्त आवाज उठाउन ।

१५. किसानले मल, बीउ, बजार सुनिश्चिततालगायतका भोग्दै आएका समस्या समाधान गर्न र स्थानीय कृषि उत्पादनमा वृद्धिमार्फत् आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणका लागि दबाब दिन ।

१६. जनतासँग प्रत्यक्ष संवाद र अन्तक्र्रियाबाट स्थानीय जनसरोकार, जनजीविका तथा विकास निर्माणसँग सम्बन्धित समस्याबारे जानकारी लिई पार्टीका तर्फबाट आवश्यक पहलकदमी गर्न ।

१७. विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्दै समयमै योजना सम्पन्न गर्न, योजनाको पारदर्शिता र गुणस्तरीयताको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन ।

१८. वैदेशिक रोजगारीका क्रममा हुने शोषण र ठगीमाथि नियन्त्रण गर्दै सम्मानजनक प्रवासन तथा रिटर्नीलाई उद्यमशीलताको अवसर प्रदानका लागि आवाज उठाउन ।

१९. पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन गर्ने कानुन बनाउनका लागि दबाब दिन ।

२०. हुलाकी मार्गको निर्माणलाई यथाशीघ्र सम्पन्न गर्न तथा यसलाई कृषिजन्य उत्पादन र ग्रामीण उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न राज्यलाई दबाब दिन ।

२१. जीर्ण तथा रुग्ण उद्योगलाई सञ्चालनको साटो निजीकरण गरेर कराडौँको राष्ट्रिय सम्पत्ति दोहन गर्ने षडयन्त्रको भण्डाफोर गर्न ।

२२. विभिन्न प्राकृतिक प्रकोपका पीडितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि दबाब सिर्जना गर्दै आगामी दिनमा बाढी, पहिरो, खडेरी जस्ता विपदबाट बच्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी पार्टीको तर्फबाट पहलकदमी लिन ।

२३. तिनै तहका सरकारको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे आम जनतालाई जागरूक बनाउन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...