नेभिगेशन
सबै कुरा

सशस्त्र इन्स्पेक्टरको मृत्यु प्रकरणः अर्का इन्स्पेक्टरविरुद्ध जाहेरी

काठमाडौं । पोखरास्थित लामापाटन ब्यारेकमै मृत भेटिएकी भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले अर्का इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्की प्रहरीका अनुसार मृतक सन्तोषीका प्रेमी भनिएका अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दर्ता प्रक्रियामा रहेको र त्यसपछि पक्राउ पुर्जी मागिने तयारी गरिएको छ । 

Ncell
Extreme Energy

मृतक सन्तोषीका परिवारले प्रेमीकै कारण उनले आत्महत्या गरेको दाबी जोहरीमा गरेका छन् । यता घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । 

सिन्धुपाल्चोक घर भएकी महत २०८१ मा १७ बेसिकमा इन्स्पेक्टरमा नाम निकालेकी थिइन् । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकको महिला शौचालयमा झुण्डीएको अवस्थाम भेटिएकी थिइन् । 

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।