नेभिगेशन
सबै कुरा

‘न्हु पोखरी’ संरक्षण गर्न ललितपुर महानगरले भत्कायो वडा कार्यालयको भवन

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडीका संरचना भत्काएको छ । 

ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले लगनखेल स्थित ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका संरचना भत्काएको हो । 

सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काइएको थियो । न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहज रुपमा  ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्न सक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्वका स्थानलाई सहज रुपमा देखिने गरि काम हुने बताए । 

त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले २०८२ असार ३१ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको जानकारी दिए । पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै