नेभिगेशन
सबै कुरा

‘न्हु पोखरी’ संरक्षण गर्न ललितपुर महानगरले भत्कायो वडा कार्यालयको भवन

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडीका संरचना भत्काएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले लगनखेल स्थित ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका संरचना भत्काएको हो । 

Ncell
Extreme Energy

सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काइएको थियो । न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहज रुपमा  ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्न सक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्वका स्थानलाई सहज रुपमा देखिने गरि काम हुने बताए । 

त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले २०८२ असार ३१ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको जानकारी दिए । पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।