नेभिगेशन
सबै कुरा

स्वास्थ्य बिमाको रकम ५ लाख पुर्याउँछु भन्ने स्वास्थ्यमन्त्रीबाटै कार्यक्रम बन्द हुन लागेको सुन्दा दुख लाग्योः तोसिमा कार्की

काठमाडौँ । रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य विमाको रकम ५ लाख पुर्याउँछु भन्ने हालका स्वास्थ्य मन्त्रीले नै यो बन्द हुने अवस्थामा पुगेको सुन्दा दुख लागेको बताएकी छिन् । उनले सल्लाह दिने मान्छे नभए आफूहरसँग योजना भएको भन्दै सुझावका लागि मार्गप्रशस्त गर्न स्वास्थमन्त्रीलाइ आग्रह गरिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै कार्कीले स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको भन्ने स्वास्थ्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै कार्यक्रमलाई अघि बढाउन नसके आवश्यक सललाहको लागि मार्गप्रशस्त गर्न स्वास्थ्यमन्त्रीलाइ सुझाव दिएकी हुन् । 

Ncell
Extreme Energy

स्वास्थ्य विमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वकाँक्षी योजना अघि सारेर पछि हट्नु उचित नभएको उनले बताइन् । ‘स्वास्थ्य बिमाको सिमालाई ५ लाख पुर्याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्री ज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थयबिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुख लागेको छ ।’ उनले भनिन्, ‘चलनेबेला चाहीँ स्वास्थ्य बिमा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने अी यसलाई अलपत्र पारेर वर्षौसम्म जममा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर आजसमम यो कार्यक्रमलाई धरासयी बनाएपछि हतोस्साहित हुने बानी राम्रो भएन । यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिदैन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिुहोला हामी सल्लाह, सुझाव दिन तयार छौँ । सबैका लागि अनिवार्य स्वास्थ्य बिमा कार्यक्रम सुरु गरौँ ।’ 

स्वास्थ्य विमा सुरुवात गरेको जस लिन खोज्ने तर काम गर्न नसकेर यसलाई अलपत्र पारेर राज्यलाई नै धरासयी बनाउने काम भएको उनको भनाई छ । उनले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन माग समेत गरिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।