नेभिगेशन
सबै कुरा

सरकारले भ्रष्टाचारीलाई जोगाउन अध्यादेश ल्याएको नेकपा एसको निष्कर्ष, विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरु सरकारबाटै संरक्षित भएको आरोप लगाएको छ ।

सोमबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारवाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए । 

भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अबिलम्वन कडा भन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसंग माग गरेको छ । बैठकले  भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको बिरोधमा मतदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले  राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र सम्वादको माध्यमबाट ताप्लेजुङ केवलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसंग माग गरिएको महासचिव भुसालले बताए । 

उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डो¥याउने गरि आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए ।

गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग समेत बैठकले गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ । त्यस्तै पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए ।
राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको उनले बयानका क्रममा बताएकी छिन् ।
सरकारका विरुद्ध  प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

सरकारका विरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन ।

भर्खरै