नेभिगेशन
सबै कुरा

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा कुन सांसदले के बोले ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद डोलप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गरे। 

Ncell
Extreme Energy

सांसद डा तोसिमा कार्कीले स्वास्थ्य बीमाको रकम दिन सकिएन भन्नु गलत भएको बताउँदै स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य बीमा अनिवार्य सुरू गर्नुपर्नेमा जोड दिइन् ।

सांसद दामोदर वैरागी पौडेलले पोखरा महानगरपालिका र माछापुच्छ्रे क्षेत्र जोड्ने पक्की पुल बनाउन माग गरे । त्यस क्षेत्रका सडकको स्तरोन्नति गरिनुपर्नेमा पनि उनको जोड थियो । 

सांसद दीपकबहादुर सिंहले स्वास्थ्यमा उच्च शिक्षा हासिल गरेका जनशक्तिले स्वदेशमै काम गर्ने अवसर पाउने गरी व्यवस्था मिलाउन माग गरे । 

सांसद दीपा शर्माले बाँकेको राँझा क्षेत्रमा सडक र पुल जीर्ण भएकाले बनाउने वातावरण बनाइदिन सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् ।  

सांसद देवेन्द्र पौडेलले विद्युत्को महसुल तिर्नेको लाइन काट्ने नतिर्नेको नकाट्ने काम भइरहेको दाबी गर्दै यस्ता काम बन्द गर्न माग गरे । त्यस्तै कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्दै के कारण हटाउन लागेको भन्दै प्रन गरे । उनले प्रश्न गरे, ‘नेपाल विधुत् प्रधिकरणलाई नाफामा लगेको, देशलाई लोडसेडिङमुक्त गरेको, विदेशमा विद्युत बेचेको भएर हटाउन लागेको हो ?’

सांसद नागिना यादवले हावाहुरीको समय सुरू हुन लागेकाले विपद् व्यवस्थापन एवं पूर्वतयारीको योजना बनाउन माग गरिन् । 

सांसद नारायणप्रकाश साउदले महाकाली सिँचाइ आयोजना तेस्रो सञ्चालन गराउने क्रममा जग्गा अधिग्रहण गरिएकामा केही किसानले अझै मुआब्जा नपाएकाले छिटो दिन माग गरे । 

सांसद नारायणी शर्माले सुशासन हुने वातावरण बनाउन माग गरिन् । सुशासनको मुद्दा देशव्यापी बन्नुपर्ने उनको भनाइ थियो । 

सांसद निर्मला कोइरालाले बीरगञ्जमा निर्माण भएको रङ्गशाला खण्डहर बनेको उल्लेख गर्दै दातृ निकायसँग सहयोग लिएर भए पनि रङ्गशाला बनाउनुपर्नेमा जोड दिइन्। 

सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क गरिनुपर्नेमा जोड दिँदै छ महिनाअघि प्रधानमन्त्रीले डिजिटल कारोबार निःशुल्क गर्ने प्रतिबद्धता जनाएकामा कार्यान्वयन नभएको बताइन् ।

सांसद पुष्पबहादुर शाहले भारतको सुरतमा अछामका एक नेपाली बालिकाको बलात्कार भई २८ हप्ताको गर्भ रहेकाले बलात्कारमा संलग्न ती नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । 

सांसद पूर्णबहादुर घर्तीमगरले नेपाल अमेरिका दुई देशबीच भएको सम्झौता गलत भन्ने टिप्पणी अमेरिकी राष्ट्रपतिबाट भएकाले त्यसको संसदीय छानबिन गर्न माग गरे । 

सांसद प्रतीक्षा तिवारीले स्वदेशमै नेपाली विद्यार्थीले शिक्षा हासिल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । 

सांसद प्रभु हजाराले वीरगञ्जको पुरानो ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक सुधारको माग गरे ।

सांसद प्रेमबहादुर महर्जनले भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनापछि नेपाली विद्यार्थी भारतमा बसेर पढ्ने अवस्था नरहेकाले पढिरहेको शिक्षालयमा बसेर पढ्ने वातावरण बनाउन माग गरे ।

सांसद प्रेम सुवालले धेरै प्रदूषण गर्ने राज्यले क्षतिपूर्ति तिराउने व्यवस्था गराउन सरकारले पहल गर्नुपर्ने बताए । 

सांसद विन्ध्यवासिनी कंसाकारले साइबर सुरक्षा सुदृढ बनाउन माग गरिन् ।  

सांसद वासुदेव घिमिरेले क्युआर कोडबाट थोरै भुक्तानी गर्दा धेरै सेवा शुल्क लाग्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिए । 

सांसद विनिता कठायतले समृद्धिका नाममा झुठको खेती नगर्न माग गरिन् । 

सांसद विमला सुवेदीले नेपाल ग्रे लिष्ट परेकाले त्यसबाट हट्ने गरी काम गर्न माग गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।